Google इनपुट उपकरण Chrome एक्सटेन्शन

Google इनपुट उपकरण Chrome extension ले प्रयोगकर्ताहरूलाई Chrome को कुनै पनि वेब पृष्ठहरू इनपुट उपकरणहरू प्रयोग गर्न अनुमति दिन्छ। इनपुट उपकरण Chrome extension को प्रयोग गर्न, यी चरणहरूको पालना गर्नुहोस्:

  1. Google इनपुट उपकरण स्थापना गर्नुहोस्
  2. एक्सटेन्सन प्रतिमा मा क्लिक गर्नुहोस् र "एक्सटेन्सन विकल्पहरू" चयन गर्नुहोस्
  3. "एक्सटेन्शन विकल्प" पृष्ठमा, तपाईंले चाहने बाँयाबाट दाँया इनपुट उपकरण चयन गर्नुहोस्।
  4. एक इनपुट उपकरण थप्नको लागि बाँया तिर डबल क्लिक गर्नुहोस्। चयनलाई हटाउनको लागि दाँया तिर डबल क्लिक गर्नुहोस्।
  5. दाँया तिर इनपुट उपकरणमा क्लिक गरेर, ‍बाणचिन्ह माथिबाणचिन्ह तल आईकनमा क्लिक गरेर चयन भएका इनपुट उपकरणलाई क्रमबद्ध गर्नुहोस्।

इनपुट उपकरण प्रयोग गर्नको लागि, एक्सटेन्शन आईकनमा क्लिक गर्नुहोस्। ड्रप-डाउन मेनूमा जुन देखिन्छ, चाहेको आगत उपकरणहरू चयन गर्नुहोस् खुला आगत उपकरणसँगै, एक्सटेन्सन बटन पूरा रङ्गीन प्रतिमा, जस्तै बन्छ। जब आगत उपकरण बन्द छ, बटन खैरो रङ्गको हुन्छ । "बन्द गर्नुहोस्" मा क्लिक गर्दा टगल हुन्छ र इनपुट उपकरण बन्द हुन्छ। तपाईं टगल अन/अफ मा चयन भएको इनपुट उपकरणमा क्लिक गर्न पनि सक्नुहुन्छ।

अहिले तपाईंले इनपुट उपकरणमा टगल गर्नुभएको छ, वेब पृष्ठ खोल्नुहोस्, कर्सर इनपुट बक्समा लैजानुहोस्, र टाइप गर्न शुरु गर्नुहोस्। यदि कार्य गर्दैन भने, यसमा क्लिक गरेर वेब पृष्ठ ताजा गर्नुहोस् .

व्यक्तिगत इनपुट उपकरणहरू कसरी प्रयोग गर्ने भन्ने बारे सम्बन्धित लेखहरू: