Google इनपुट उपकरण Chrome OS एक्सटेन्सन

Google इनपुट उपकरण Chrome OS एक्सटेन्सन तपाईं Chrome OS मा तपाईंले चाहानु भएको भाषामा टाइप गर्न दिन्छ।

यो Chrome OS  एक्सटेन्सन र  Google इनपुट उपकरण Chrome एक्सटेन्सन का बिच भएका मुख्य फरकहरू:

फिचर Chrome एक्सटेन्सन Chrome OS एक्सटेन्सन
समर्थित प्लेटफर्महरू कुनै पनि कम्प्यूटरमा Chrome ब्राउजर (Windows, Mac, Linux) Chrome OS कम्प्यूटर मात्र 
ठेगाना पट्टी (ओम्नि बक्स)मा कार्य गर्दछ? होइन हो
अफलाइन काम गर्दछ? होइन हो

इनपुट उपकरण Chromebooks का साथ बन्डल भएको हुन्छ। यदि तपाईं Chromebooks संस्करण २८ वा त्यो भन्दा माथिको प्रयोग गरीरहनु भएको छ भने, तपाईं इनपुट उपकरण प्रयोग गर्न तयार हुनुहुन्छ। अन्यथा,  तपाईंको Chromebook अपग्रेड गर्नुहोस्  . यदि तपाईं Chromium OS प्रयोग गर्दै हुनुहुन्छ भने ,  Chrome वेब स्टोर बाट Chrome OS एक्सटेन्सन स्थापना गर्नुहोस् .

सेटिङ्समा जानुहोस् → उन्नत सेटिङ्स देखाउनुहोस् → भाषाहरू "भाषा र इनपुट सेटिङ्स" बटनमा क्लिक गर्नुहोस्। तपाईंले उपयोग गर्न चाहेको इनपुट उपकरण (हरू) चयन गर्नुहोस्। इनपुट विधिहरू [मातृ भाषामा भाषा नाम] को रूपमा लेबल गरिएको जानकारी गराईन्छ ([Chrome UI भाषामा भाषा नाम]), उदाहरणको लागि, हिन्दी (Hindi), इनपुट उपकरणको ट्रान्सिलिटरेसन जस्तै इङ्कित गर्दछ। ट्रान्सिलिटरेसन उपकरणले तपाईंको भाषा इनपुट फोनेटिक स्वरूपले लक्ष्य भाषामा परिवर्तन गर्दछ।

कन्फिगर गरेपछि, तपाईंले चाहानु भएको इनपुट विधिमा टगल गर्नुहोस्। हाल प्रयोग भएको इनपुट विधिमा क्लिक गर्नुहोस्, उदाहरणको लागि, लन्चरमा "US" (त्यसैले तपाईंको स्क्रिनको तल दागर्नुहोस्यामा अधिसूचना बार / प्यानल)

चयन भएका इनपुट विधि (एक्सटेन्सनबाट इनपुट उपकरण सहित) को सूची प्रदर्शित गर्दछ। तपाईंले प्रयोग गर्न चाहेको इनपुट उपकरणको चयन गर्नुहोस्। एक नयाँ इनपुट उपकरण थप्नको लागि, "भाषाहरू र इनपुट... अनुकूलन गर्नुहोस्" मा क्लिक गर्नुहोस्।

अब तपाईंले इनपुट उपकरण चयन गर्नुभएको छ, कुनै पनि इनपुट बक्स (ओम्निबक्स पनि समर्थन गर्दछ) मा कर्सर लैजानुहोस्, तपाईं टाईपिङ सुरु गर्न सक्नुहुन्छ।

व्यक्तिगत इनपुट उपकरणहरू कसरी प्रयोग गर्ने भन्ने बारे सम्बन्धित लेखहरू: