२२ बैशाख २०८१, शनिबार

नेकपाका प्रवक्ता प्रकाण्डले भने ‘हामी अरुण तेस्रो खारेजीको पक्षमा छौं’

0

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले आफ्नो पार्टी विवादित अरुण तेस्रो जल विधुत आयोजना खारेजीको पक्षमा रहेको बताएका छन् ।

आईतबार नेकपाको केन्द्रीय कार्यालय बुद्धनगरमा अरुण तेस्रो प्रवेशमार्ग मुआब्जा पीडित स्थानीय संयुक्त संघर्ष समितिको ज्ञापनपत्र बुझ्दै प्रवक्ता प्रकाण्डले यस्तो बताएका हुन ।

मुआब्जा पीडित स्थानीय संयुक्त संघर्ष समितिले विगत २ महिना देखि शान्तिपूर्ण आन्दोलन जारी राखे पनि सरकार र सरोकारवाला निकायहरुले कुनैपनि सुनुवाई नगरेपछि पीडितहरुले नेकपालाई सहयोग गरिदिन आग्रह गर्दै प्रवक्ता प्रकाण्डलाई ज्ञापनपत्र बुझाएका हुन ।
सो क्रममा पीडितहरुले राज्य र सरोकारवालाहरुसंग पहल गरिदिन नेकपाका प्रवक्तालाई अनुरोध गरेका छन ।

प्रवक्ता प्रकाण्डले पीडित स्थानीयहरुलाई तपाईहरु मुआब्जाको कुरा लिएर आउनु भए पनि हाम्रो पार्टी यसको खारेजीको पक्षमा रहेको छ भने ।
उनले भने ‘हाम्रो पार्टीले अरुण तेश्रो र अपर कर्णाली देशको हितमा छैन । राष्ट्रघाती छ, जनविरोधी छ । लाचार सरकारका कारण अरुण तेश्रोबाट ठुलो राष्ट्रघात हुने खतरा छ । सरकारले निर्माणका लागि जिम्मा दिएको सतलज कम्पनी आफैमा बदनाम र विवादित कम्पनी हो । यो नेपाल र नेपालीको हितमा छैन ।’

प्रवक्ता प्रकाण्डले राष्ट्रघाती सम्झौता पूर्ण रुपमा खारेज हुनुपर्छ भनेर कार्बाही गर्दा राज्यबाट आफ्नो पार्टीले प्रतिबन्धको सामना गर्नुपरेको पीडित समक्ष स्मरण गराए ।

प्रवक्ता प्रकाण्डले मुआब्जाको कुरा मात्र नभएर आयोजनामा नै समस्या भएको भन्दै यसले दिर्घकालीन भयावह समस्या निम्त्याउने बताए ।
उनले भने ‘तपाइहरुको मुआब्जाको बिषयमा यस अघिपनि हाम्रो पार्टीमा कुरा आएको थियो । त्यसपछि सरोकारवालाहरुसंग हाम्रो छलफल भैरहेको छ । लगानी बोर्डका साथीहरु सकारात्मक छन् । अब हामी प्रधानमन्त्रीसंग पनि तपाईहरुको माग सम्बोधनबारे आग्रह गर्छौ ।’

संघर्ष समितिले मुआब्जा नपाए आयोजनाको सबै काम ठम्प पार्ने ज्ञापनपत्रमा चेतावनी दिएको छ ।

यस विषयमा प्रवक्ता प्रकाण्डले मुआब्जा नपाए काम ठप्प पार्ने माग जाहेज भएको भन्दै अरुण तेश्रोको मुआब्जाको कुरा मात्र नभई काम ठप्प पार्न आग्रह गरे । उनले काम ठम्प पार्ने कुरामा आफ्नो पार्टीको साथ रहने पनि पीडितहरुलाई विश्वास दिलाए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।